यस्तो छ रवि लामिछानेसहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)
पुस ८, २०८१ सोमबार
प्यालेस्टिनी लडाकु समूह हमासले यह्या सिनवरलाई आफ्नो नयाँ नेता बनाएको छ । कतारको दोहामा दुई दिन चलेको हमासको बैठकपछि नयाँ नेता छनोट गरिएको बीबीसीले जनाएको छ ।
यसअघिका नेता इस्माइल हानियाको हत्या भएपछि सङ्गठनले नयाँ नेता चयन गरेको हो । ६१ वर्षीय सिनवर हमासको बैठकमा एक मतले नेता चयन भएका खबरमा उल्लेख छ । सिनवरलाई इजरायलसँगको द्वन्द र सङ्गठनको सबै मामिलाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।
उनी सन् २०१७ देखि इजरायलको गाजा क्षेत्रका लागि हमासको नेता चयन भएका थिए । अब उनी यसको राजनीतिक नेता भएका छन् । मध्यपूर्वमा बढ्दो तनावका बीच यो घोषणा आएको हो । इरान र उसका सहयोगीहरूले इस्माइल हानियाको हत्यापछि इजरायलसँग यसको बदला लिने चेतावनी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।