प्रशान्त क्षेत्रमा जबरजस्ती नगर्न र सहायताबारे पारदर्शी हुन चीनलाई अस्ट्रेलियाकाे आग्रह

 साउन २३, २०८१ बुधबार १५:२६:५४ | एजेन्सी
unn.prixa.net

अस्ट्रेलियाले प्रशान्त महासागरीय टापुमा जबरजस्ती नगर्न र सहायताबारे पारदर्शी हुन चीनलाई आग्रह गरेको छ ।

अस्ट्रेलियाका प्रशान्त क्षेत्र मामिला मन्त्री प्याट कोनरोयले चीन र पश्चिमा देशबीच स्थायी प्रतिस्पर्धाको अवस्था रहेको स्वीकार गर्दै प्रशान्त टापु राष्ट्रहरूका लागि जाने नयाँ आर्थिक अवसरहरू हस्तक्षेपकारी भूमिकामा हुन नहुने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । चीनले दिइरहेको सहायता थप पारदर्शी हुनुपर्ने र पूर्वाधार परियोजनाहरूलाई प्रशान्त क्षेत्रका लागि स्थानीय रोजगारी, सीप र खरिद बढाउने अवसरको रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

सन् २०२२ मा सोलोमन टापुसँग चीनले गोप्य सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको थियो । चीनले केही महिनाअघि सोलोमन टापुको बजेटमा दुई करोड अमेरिकी डलर लगानी गर्नेलगायत प्रभाव–निर्माण प्रयासहरूको आफ्नै झुकाव शुरू गरेको छ ।

विशाल तर कम जनसङ्ख्या भएको दक्षिण प्रशान्त क्षेत्र हुँदै धेरै महत्त्वपूर्ण सामुद्रिक मार्गहरू जान्छन् । यो ताइवान स्ट्रेट र दक्षिण चीन सागरमा जाने सम्भावित महत्त्वपूर्ण प्रवेशद्वार हो । यस क्षेत्रमा जबरजस्ती लगानी हुँदा यसले भविष्यमा द्वन्द्वको सिर्जना गर्नसक्ने अस्ट्रेलियाकाे भनाइ छ ।

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया