सिटी एक्सप्रेसको दशैँ–तिहार योजना : ‘१८औं वर्षमा १८ गुणा, पर...
भदौ ३१, २०८१ सोमबार
काठमाण्डाै – क्युबाका कुस्तीबाज मिजेन लोपेजले लगातार पाँच ओलम्पिकमा एउटै स्पर्धामा लगातार पाँच पटक स्वर्ण पदक जितेर कीर्तिमान बनाएका छन् ।
४१ वर्षीय लोपेजले चिलीका कुस्तीबाज यास्मिन अकोस्टालाई हराएर कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । उनले पुरुषतर्फ ग्रिको–रोमन कुस्तीको एक सय ३० किलो श्रेणीमा स्वर्ण पदक जितेका हुन् । मिजेल लोपेजले २३ ओलम्पिक खेलमा मात्र एक खेल हारेका छन् ।
ओलम्पिकमा लगातार चार पटक स्वर्ण पदक जित्नेमा लोपेजसहित कार्ल लुई, माइकल फेल्प्स, केटी लेडेकी, अल ओर्टर, पल एल्वस्ट्राम र काओरी इको छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।