विदेश पठाउने भनेर झन्डै २ करोड रुपैयाँ ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

 साउन २३, २०८१ बुधबार १८:१५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – विदेश पठाउने भनेर झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जना म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धारामा रहेको ओम इन्टरनेशनल प्रालीका सञ्चालक गुनेशकुमार ठाकुरलाई पक्राउ गरेको हो । सिरहाको करजन्हा नगरपालिका–६ घर भई अहिले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने ठाकुरलाई इमाडोलबाट पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताउनुभयो ।

ठाकुरले रवीन्द्र सापकोटासँग साझेदारी गरेर ओम इन्टरनेशनल प्राली चलाइरहेका थिए । उनले यूएई, कतार, साउदी अरब, मलेसिया र कुवेत पठाउने भनेर युवाबाट रकम लिएको पाइएको एसपी आचार्यले बताउनुभयो ।

विदेश पठाउने भन्दै ठाकुरले ८५ जना युवाबाट एक करोड ९७ लाख १७ हजार रुपैयाँ ठगेको देखिएको प्रहरीले जनाएको छ । युवाबाट रकम उठाएपछि ठाकुर सम्पर्कविहीन भएका थिए । ठाकुरलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले आज वैदेशिक रोजगार विभागमा बुझाएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया