पहिलो टी–२० क्रिकेट : न्युजिल्याण्डले श्रीलङ्कालाई ८ रनले हरायो
पुस १३, २०८१ शनिबार
काठमाण्डाै – एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद्काे आकस्मिक बैठकले हेलिकप्टर दुर्घटनाकाे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हाे ।
नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा गठन गरिएकाे छानबिन समितिकाे सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरू विष्णु बस्नेत र तनुजा पोखरेल रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे । समितिलाई ३० दिनको कार्यादेश दिइएको छ ।
आज दिउँसाे नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका पाँच जनाकै ज्यान गएको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।