काभा महिला क्लब च्याम्पियशिपमा आज नेपाल पुलिस र माल्दिभ्स पुलि...
असोज ४, २०८१ शुक्रबार
काठमाण्डाै – पेरिस ओलम्पिकको पदक तालिकामा ३० वटा स्वणर्सहित अमेरिका शीर्ष स्थानमा यथावत् रहेको छ । पछिल्लो विवरणअनुसार अमेरिकाले ३० स्वर्ण, ३८ रजत र ३५ कास्य गरी एक सय तीन वटा पदक जितेको छ ।
यस्तै दोस्रो स्थानमा रहेको चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्य गरी ७३ वटा पदक जितेको छ । यसैगरी अस्ट्रेलिया १८ स्वर्ण, १५ रजत र १३ कास्य गरी ४५ पदकसहित तेस्रो स्थानमा छ ।
पदक तालिकामा अहिलेसम्म बेलायत, दक्षिण कोरिया र जापानले समान १३ वटा स्वणर् पदक जितेका छन् । यस्तै नेदरल्यान्ड्सले ११, इटालीले १०, जर्मनीले नौ, क्यानडाले ६, न्युजिल्यान्डले पाँच, हङ्गेरी र आयरल्यान्डले समान चार तथा रोमानिया, युक्रेन, स्विडेन र उज्वेकिस्तानले समान तीन वटा स्वर्ण पदक जितेका छन् ।
यसैगरी ब्राजिल, स्पेन, इरान, क्रोएशिया, क्युबा, अजरबैजान, बेल्यिम, हङकङ, फिलिपिन्स, इन्डोनेसिया र सर्बियाले समान दुई तथा २९ वटा देशले समान एउटा स्वर्ण पदक जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।