नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र...
भदौ २३, २०८१ आइतबार
काठमाण्डौ – नुवाकोट र रसुवामा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध खोप अभियान शुरू गरिएको छ । गाईभैँसीमा लाग्ने विषाणुजन्य लम्पी स्किन रोगविरुद्ध जिल्ला पशु सेवा कार्यालय नुवाकोटको आयोजनामा नुवाकोटसहित रसुवामा सप्ताहव्यापी खोप अभियान शुरू भएको हो ।
पशु सेवा कार्यालय नुवकोटका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. रामप्रकाश प्रधानले विदुर नगरपालिका–६ मल्ल बहुउद्देश्य कृषि फार्ममा पालन गरेका भैँसीमा खोप लगाएर अभियानको सुरूवात गर्नुभएको हो । जन्मेको तीन महिनाभन्दा माथिका बिरामीबाहेक सबै गाईभैँसीलाई खोप लगाउन खोपकर्ता परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
नुवाकोट र रसुवाका किसानले पालेका सम्पूर्ण गाईभैँसीलाई निःशुल्क खोप लगाउन १० हजार डोज खोपसहित ३१ जना खोपकर्ता परिचालन गरिएको छ । अभियानअन्तर्गत ती दुई जिल्लामा २५ हजार गाईभैँसीलाई समेट्ने लक्ष्य छ ।
बाग्मती प्रदेश सरकारले मातहतका सबै जिल्लामा अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा २०७७ साल असारमा पहिलो पटक देखिएको पशुचौपायामा लाग्ने लम्पी स्किन रोग गएको वर्ष महामारीका रूपमा फैलिएको थियो ।
७७ जिल्लामा फैलिएको यो रोगबाट किसानले झण्डै ७५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नु परेको पशु चिकित्सा परिषद्को एक अध्ययन प्रतिवेदनले देखाएको थियो । यो तथ्याङ्कका आधारमा नेपालमा पशु धनको क्षेत्रमा इतिहासकै ठुलो क्षति किसानले बेहोरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।