पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण

 साउन २६, २०८१ शनिबार १२:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा शुरू गरेका किसानले अहिले व्यावसायिकरुपमा नै ड्रागनखेती गर्न थालेका छन् ।

वैदेशिक रोजगारमा मलेसिया पुगेका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रुपमा ड्रागन खेती शुरू गर्नुभएको हो । भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेतीसम्बन्धी तालिम लिएर तीन वर्षदेखि ड्रागनखेती गर्न थालेको उहाँले बताउनुभयो ।

सात लाख रुपैयाँको लागतमा छ कठ्ठा जग्गामा तीन सय पिल्लरमा एक हजार दुई सय ड्रागनका बोट लगाएको  किसान मौर्यले जानकारी दिनुभयो । यसवर्ष बजारीकरणमा कुनै समस्या आएन भने सात लाख बराबरकै ड्रागन बिक्री गर्ने उहाँको भनाइ छ ।

मौर्यजस्तै पश्चिम नवलपरासीमा ७ जना किसानले व्यावसायिक रुपमा ड्रागन खेती गरिरहेका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि किसानले व्यावसायिक रुपमा खेती गर्न थालेका बताउनुभयो ।

बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाण्डौ पठाउन केन्द्रले सहजिकरण गर्ने पनि उहाँले जानकारी दिनुभयो ।     
 

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया