पूर्वी पहाडमा अलैँची पुनः रोपण अभियान शुरु, किसान उत्साहित

 साउन २६, २०८१ शनिबार १७:५२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालको प्रमुख नगदे कृषि बाली अलैँची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैँची पुनः रोपण अभियान शुरु भएको छ । विभिन्न खाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैँची खेती मासिँदै जाँदा किसान निराश भइरहेका बेला इलामबाट नयाँ प्रविधिमा आधारित अलैँची पुनः रोपण अभियान शुरु गरेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो ।

इलाम अलैँचीको उदगम जिल्ला भएको र विभिन्न रोगका कारण यसै जिल्लाबाट अलैँची मासिन थालेकोले पनि अलैँची पुनः रोपण अभियान यसै जिल्लाबाट शुरु गरेको उहाँले बताउनुभयो । कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालयको आर्थिक तथा अलैँची विकास केन्द्र फिक्कलको प्राविधिक सहयोगमा नेपाल अलैँची व्यवसायी महासंघले अभियानको संयोजन गरेको छ ।

अध्यक्ष भट्टराईका अनुसार केन्द्रले अहिले तयार गरेको बिरुवाले आउँदो ४०–५० वर्षसम्म आम्दानी लिन सकिनेछ । तर, किसानले रोपण प्रविधि, मल–सिँचाइ र सरसफाइमा विशेष ध्यान पुराउनुपर्ने उहाँले बताउनुभयो । नेपालमा एक लाख किसान अलैँची खेती तथा व्यवसायमा आबद्ध रहेका छन् । १९ हजार हेक्टरमा उत्पादन हुने अलैँचीबाट वार्षिक सातदेखि आठ अर्ब रुपैयाँ नेपाल भित्रिने गरेको छ । 

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया