सोलुखुम्बु र बाजुरामा करेन्ट लागेर दुई जनाकाे ज्यान गयो

 साउन २७, २०८१ आइतबार ६:२०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर विद्युत कम्पनीका एक जना कर्मचारीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडका प्राविधिक विष्णु राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कम्पनीले सल्लेरी क्षेत्रको तार आसपासको रुख बिरुवा कटान गर्ने क्रममा राईसहित तीन जना कर्मचारीलाई करेन्ट लागेर घाइते भएका थिए । घाइतेमध्ये राईको उपचारका क्रममा ज्यान गएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसैबीच बाजुरामा विद्युत् लाइन बिस्तारका क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको ज्यान गएको छ । बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका विष्टको अछामका बयालपाटा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया