भारतीय विदेश सचिवद्वारा चार जना मन्त्रीसँग छुटाछुटै भेटवार्ता

 साउन २८, २०८१ सोमबार १५:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुई दिने नेपाल भ्रमणका रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज चार जना मन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मिश्रीले उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

शहरी विकासमन्त्री सिंहसँगको भेटका क्रममा दुई देशबीचको सम्बन्ध, शहरी विकास निर्माणमा सहकार्य सम्बन्धलगायतका विषयमा छलफल भएको छ । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको छ ।

यस्तै गृहमन्त्री लेखकसँग सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै देशका नागरिकको सुरक्षालगायतका विषयमा छलफल भएको छ । भेटका क्रममा परराष्ट्रमन्त्री राणाले नेपाल–भारत 'एअर कनेक्टिभिटी' बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीसँग कुरा गर्नुभएको छ । यस्तै मन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुराकानी गर्नुभएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव मिस्रीले हिजो राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियाे ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया