एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि बिजुली आपूर्ति अवरुद्ध भएको छ । कालीगण्डकी नदीले शनिवार राति ३२/११ केभी क्षमताको प्रसारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका बिजुलीविहीन बनेको हो ।
अन्नपूर्ण गाउँपालिका–२ कटुञ्जेको भीरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटरमाथि रहेको एउटा कृषि फार्म र बिजुलीकाे प्रसारण लाइनका पोल, तारमा क्षति पुगेको थियो ।
अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बिजुलीकाे अभावमा गाउँपालिकाको सेवा प्रवाह, मोबाइल, इन्टरनेट सेवा प्रभावित बनेको बताउनुभयो । बिजुली आपूर्ति अवरुद्ध हुँदा तीन हजार दुई सयभन्दा बढी घरधुरी अन्धकार भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।