सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासकाे मत लिने

 साउन २८, २०८१ सोमबार १८:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि बुधवार विश्वासको मत लिनु हुने भएको छ ।

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर बुधवार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको हो । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत लिने गरी पत्र पठानुभएकोले प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेकाे जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका शाहले विश्वासको मत लिइसकेपछि चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया