मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त, चौतर्फी दबाब थेग्न नसेकेको मुख्यमन्त्री सिंहको भनाइ

 साउन २९, २०८१ मंगलबार १२:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको छ । मधेश प्रदेशमा मन्त्री १२ जना र ८ जना राज्यमन्त्री गरेर २० जना मन्त्री बनाएपछि चौतर्फी आलोचना भइरहेको थियो ।

चौतर्फी आलोचना र आफ्नै पार्टी जनमतले पनि स्पष्टीकरण सोधेपछि मुख्यमन्त्री सिंहले आज ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको हो । मधेशमा नेकपा (एमाले) का तीन, नेपाली कांग्रेस र जनमतका दुई/दुई जना र लोसपाका एक राज्यमन्त्री थिए । अब भने मधेश प्रदेश सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक जना गरी १२ जना मन्त्री रहेका छन् ।

प्रदेश सरकारप्रति यसै पनि आमरूपमा गलत धारणा फैलिइरहेका बेला ८ जना राज्यमन्त्री नियुक्त गरेको भन्दै सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै आलोचना गर्नुभएको थियो भने जनमत पार्टीले पनि मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको थियो ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया