कालिमाटी तरकारी बजारमा आज धेरैजसो तरकारीको भाउ बढ्यो : जिरीको साग, ब्रोकाउली र तने बोडीको भाउ घट्यो

 साउन ३०, २०८१ बुधबार १०:३६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरैजसो तरकारीको भाउ बढेको छ । आज टाटे सिमी, रायो साग, घिरौला, भिण्डीलगायतका तरकारीको भाउ बढेको हो । हिजो किलोको ८५ रुपैयाँ रहेका टाटे सिमीको भाउ आज ४१ रुपैयाँले बढेर किलाको एक सय २६ रुपैयाँ पुगेको छ ।

त्यस्तै रायो सागको भाउ पनि आज किलोमा २८ रुपैयाँ बढेको छ । हिजो ८५ रुपैयाँ रहेको रायो सागको भाउ आज किलोमा २८ रुपैयाँले बढेर किलोमा एक सय १३ रुपैयाँ पुगेको छ । आज भिण्डी र घिरौलाको भाउ भने किलोमा समान २१ रुपैयाँले बढेको छ ।   हिजो किलोको ३५ रुपैयाँ रहेको भिण्डी र घिरौला भाउ आज किलोमा २१ रुपैयाँले बढेर किलोको ५६ रुपैयाँ पुगेको छ । तर आज जिरीको सागको भाउ केही घटेको छ ।

हिजो किलोमा एक सय ७६ रुपैयाँ रहेको जिरीको साग आज किलोमा ८० रुपैयाँले घटेर किलोको ९६ रुपैयाँमा झरेको छ । त्यस्तै ब्रोकाउली पनि भाउ पनि आज किलोमा ७४ रुपैयाँले घटेको छ । हिजो दुई सय १० रुपैयाँ रहेको ब्रोकाउली आज ७४ रुपैयाले घटेर एक ३६ रुपैयाँमा झरेको छ । त्यस्तै तने बोडीको भाउ आज २० रुपैयाँले घटेको छ । हिजो एक सय १० रुपैयाँ रहेको तने बाडी आज २० रुपैयाँले घटेर किलोको ९० रुपैयामा झरेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया