नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर

 साउन ३०, २०८१ बुधबार १४:२७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाण्डाैमा झाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

प्रहरीले झालाई गएको असार १४ गते पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले झाको संलग्नता रहेको देखाएपछि प्रहरीले खोजी गरेको थियो । केसीले आफूलाई यस प्रकरणका मुख्य व्यक्ति सानु भण्डारीले मन्त्रिपरिषदबाट निर्णय गराउनका लागि झाले रकम माग गरेको भन्ने बयान दिएका थिए ।

यसअघिको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाण्डाैले ठेगाना नखुलेको भनेर प्रतिवादी पनि बनाएको थिएन । बेचन झाले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । उनले भुटानी शरणार्थीसम्बन्धी आफूलाई केही जानकारी नभएको बताएका छन् । झाले टेकनारायण पाण्डे, श्यामकृष्ण श्रेष्ठ, हरिभक्त महर्जन लगायतलाई नचिनेको भनेर बयान दिएका छन् ।

त्यस्तै रामशरण केसीले भनेको अडिओमा आफ्नो आवाज नरहेको र आफू आवाज परीक्षण गर्न पनि तयार रहेको बताएका छन् ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया