गठ्ठाघरमा हिजो भएको घटनाको छानबिन गर्न समिति गठन

 साउन ३२, २०८१ शुक्रबार १८:१४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुरको गठ्ठाघरमा हिजो भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र समितिले आजदेखि काम थालेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले आज छानबिन समिति गठन गरेको हो । गृहमन्त्री लेखकले यसअघि घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिनुभएको थियो ।

हिजो दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–४ घर भई काठमाण्डाैका कपन बस्दै आएका उत्तम कोइरालाको घटनास्थलमै ज्यान गएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियाे । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्घटनालगत्तै स्थानीयवासीले असुरक्षित रूपमा ट्राफिक प्रहरीले गाडी जाँच गर्ने गरेको भन्दै विरोध प्रदर्शनसमेत गरेका थिए ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया