क्यानडामा डेरा र रोजगारी पाउन कठिन भएको भन्दै सचेत हुन दूतावासको आग्रह

 भदौ १, २०८१ शनिबार ८:२१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – क्यानडामा डेरा र रोजगारीको अवसर कठिन हुँदै गएकोले सचेत हुन नेपाली दूतावासले आग्रह गरेको छ । पढ्नका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई बस्ने ठाउँ लगायत सबै कुराको जानकारी लिएर मात्र जान दूतावासको आग्रह छ ।

अहिले विश्वभरबाट क्यानडा जाने विद्यार्थीको सङ्ंख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएको दूतावासले जनाएको छ । अध्ययन गर्ने कलेज रहेको शहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ ।

क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइ, सम्बन्धित शहरका एनआरएनए लगायत प्रवासी नेपालीका सङ्घसंस्था तथा रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिन दूतावासले भनेको छ । नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ । यसअघि पनि दूतावासले क्यानडामा विद्यार्थीले जानेबित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो ।


 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया