अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बिजुलीको बक्यौता नतिर्ने उद्योगीको बिजुली काट्नु ठूलो गल्ती हुने बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री खड्काले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेबापत उद्योगीबाट न्यायसङ्गत तरिकाले बक्यौता असुल गर्नुपर्ने तर लाइन काट्न नहुने बताउनुभएको हो ।‘उद्योगको बिजुली काट्नु भनेको मानिसकोे घाँटी काट्नुसरह हो, बिजुली काटेपछि त्यहाँका कामदारको हालत के हुन्छ त ?’ मन्त्री खड्काले भन्नुभयो ।
उहाँले सरकारले बिजुलीको बक्यौता उठाउनु हुँदैन कहिल्यै नभनेको बरु उद्योगी कतै मारमा परेका छन् कि भनेर पनि हेर्नुपर्ने बताउनुभयो । सरकारले ट्रङ्क र डेडिकेटेड लाइनवापतको रकम छुट दिन थाल्यो भनेर गलत प्रचार भइरहेको भन्दै गुनासो पनि पोख्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।