अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – कोलकताको आरजी कर अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा आज भारतभरका डाक्टरले प्रदर्शन गरेका छन् । विभिन्न शहरमा अस्पताल बन्द भएका कारण बिरामीले समस्या भोगेका छन् । आज भारतमा धेरै अस्पताल नखुलेको र खुलेका अस्पतालमा पनि डाक्टरको सङ्ख्या निकै कम रहेको खबरमा उल्लेख छ ।
भारतीय चिकित्सा संघ आइएमएले कोलकाता घटनाको विरोधमा भोलि सबै अस्पताल बन्द गर्ने निर्णय गरेको छ । भारतको कयौँ सहरमा आज पनि डाक्टरले अत्यावश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलन गरिरहेका बीबीसी हिन्दीले जनाएको छ ।
भारतीय चिकित्सा संघले भोलि बिहानदेखि २४ घण्टाको लागि देशैभरका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द हुने जनाएको छ । कोलकातामा एक जना प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार गरेर हत्या भएपछि अहिले देशभर आन्दोलन चर्किएको छ । प्रहरीले अनुसन्धान शुरु गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।