अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
युगान्डाको राजधानी कम्पाला नजिकै फोहोरको पहाड भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या ३५ पुगेको छ । गएको हप्ता कम्पाला नजिकै ल्याण्डफिल साइटको पहाड भत्किएको थियो । ज्यान गुमाउने ३५ जनामध्ये १२ जना युवा र केही बालबालिका छन् । २८ जना अझै हराइरहेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
फोहोरको पहाड भत्किँदा नजिकै रहेका दर्जनौं घर भासिएका थिए । मानिस सुतिरहेको बेला पहाड भत्किँदा भाग्न नपाएका र ठूलो मानवीय क्षति भएको खबरमा उल्लेख छ । कतिपय शव चिनिन नसक्ने अवस्थामा छन् । युगान्डाको राजधानी कम्पालाको फोहोर ५० वर्षदेखि नजिकैको एउटा ल्याण्डफिल साइटमा फाल्ने गरिएको छ । फोहोर भरिँदै जाँदा ठूलो पहाड बनिसकेको छ ।
लामो समयदेखिको खतरनाक फोहोरले वातावरणलाई प्रदूषित गरेको र खतरा उत्पन्न भएको स्थानीयबासीको गुनासो छ । सन् २०१७ मा इथियोपियामा पनि ल्याण्डफिल साइटको पहाड भत्किँदा एक सय १५ जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।