रगतको 'रिपोर्ट' लिन दुई घन्टा कुर्नुपर्ने बाध्यता

 भदौ २, २०८१ आइतबार १५:१९:४० | रासस
unn.prixa.net

कैलाली – कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह सुस्त हुँदा सेवाग्राहीले सास्ती पाएका छन् । अस्पताल पुग्नुभएका बहादुर चौधरीले रगतको नमूना दिन दुई घण्टा समय लागेको र अर्को दिन रिपोर्ट लिन पनि दुई घण्टा लाइनमा बस्नुपरेको गुनासो गर्नुभयो ।

यस्तै बहिरङ्ग सेवा कक्ष अगाडि डाक्टरको पर्खाइमा मुटुरोगीहरू डेढ घन्टाभन्दा लामो समय उभिएर लाइनमा बस्ने गरेका छन् । बिरामी बस्नका लागि बेञ्चको समेत व्यवस्था नगरिँदा पालाे पाउनका लागि बिरामी लामो समयसम्म उभिएरै लाइनमा बस्नुपर्ने बाध्यता छ ।

अल्ट्रासाउन्ड कक्षको ढोका अगाडि पनि थामिनसक्नु भीड हुन्छ । ह्वील चियरमा बसेर एक्स–रे गराउन पुगेका अपाङ्गता भएका र वृद्ध बिरामीलाई समेत अस्पतालले कुराउने गरेको छ । अपाङ्गता र वृद्धवृद्धालगायतलाई सामाजिक सुरक्षा भत्ताको कार्ड पेश गरेमा निःशुल्क उपचारको व्यवस्था सरकारले गरे पनि अस्पतालबाट सहज रूपमा उपचार सेवा लिन असहज भएको उनीहरूको गुनासो छ ।

अस्पतालको आकस्मिक कक्षको अवस्था पनि उस्तै छ । शय्या नपुगेर बरन्डा र ग्यालरीमा राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो 'रेफरल' अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा बिरामीले अनेकौँ सास्ती खेप्नुपरेको छ । मन्त्री र अस्पताल विकास समितिका पदाधिकारीले पटक–पटक अस्पतालको उपचार सेवामा सुधार ल्याउने प्रतिबद्धता गरे पनि अस्पतालको उपचार व्यवस्थापनमा सुधार आउन नसकेको बिरामी बताउँछन् ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया