विशिष्ट व्यक्तिहरूको चरित्रहत्या गर्ने युवक पक्राउ

 भदौ २, २०८१ आइतबार १८:१७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै – विशिष्ट व्यक्तिहरूको चरित्रहत्या गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ का २२ वर्षीय रमेशबहादुर रावत रहेका नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

उनले सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लगायतका प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरूको कपोकल्पित र भ्रामक विषयमा श्रव्य/दृश्य सामग्री प्रसारण गरी सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्रहत्या गरेका प्रहरीको भनाइ छ ।

पक्राउ परेका रावतमाथि जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले बताउनुभयो ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया