मङ्कीपक्स कोभिड भाइरसको नयाँ रुप नभएको डब्ल्यूएचओको भनाइ

 भदौ ५, २०८१ बुधबार ६:५८:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् ‘एमपक्स’ भाइरस  कोभिड–१९ को नयाँ भेरियन्ट नभएको बताएको छ । मङ्कीपक्सको प्रकोपलाई नियन्त्रण गर्न सकिने भन्दै डब्ल्यूएचओका युरोपेली निर्देशक हान्स क्लुगेले यो कोभिड भाइरसको नयाँ रुप नभएको बताउनुभएको हो ।

उहाँले युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । डब्ल्यूएचओले युरोपेली क्षेत्रमा लकडाउन गर्ने कुरा हल्ला मात्र भएको र सत्य नभएको पनि स्पष्ट पारेको छ ।

व्यक्तिबीच छालाको सम्पर्क मङ्कीपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको भन्दै डब्ल्यूएचओले मास्क प्रयोग गरेर मात्र सङ्क्रमण नियन्त्रण गर्न नसकिने बताएको छ । अहिलेको अवस्थामा विश्वव्यापी रुपमा भन्दा पनि सबैभन्दा उच्च जोखिममा रहेका समूहलाई खोप प्रयोग गर्न सिफारिस गरिएको डब्ल्यूएचओको भनाइ छ ।

अफ्रिकी देशबाट फैलिरहेको मङ्कीपक्स ‘क्लेड वान बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया