कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटियो

 भदौ ५, २०८१ बुधबार ९:५:४१ | रासस
unn.prixa.net

तस्बिर : रासस

मोरङ – कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ ।

अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले यो माछा नेपालमा भेटिएको पुष्टि गर्नुभयो ।

कोशी नदीमा भेटिएको र आसपासका नदीमा पनि पाइन सक्ने अनुमान गरिएको माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि अनुसन्धानकर्ताको भनाइ छ । अनुसन्धानकर्ता मध्येका एक लिम्बूका अनुसार माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना सङ्कलन गरिएको थियो ।

नमूनामध्ये एउटा सङ्कटापन्न प्रजातिको माछा भेटिएको हो । महत्त्व थाहा नहुँदा दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेकोसमेत पाइएको छ । लोपउन्मुख माछा संरक्षणका लागि सबैले पहल गर्नुपर्नेमा अनुसन्धानकर्ताको जोड छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया