यो सरकार विकास र सुशासनकै लागि बनेको हो : प्रधानमन्त्री ओली

 भदौ ६, २०८१ बिहीबार १८:६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सांसदहरूका प्रश्नको जवाफ दिनुभएको छ । सांसदहरूले नेपालको विदेश नीति, विकास निर्माणमा भएको ढिलाइ, संविधान संशोधन, शिक्षा, स्वास्थ्य क्षेत्रमा देखा परेका समस्यालगायतका विषयमा प्रश्न सोधेका थिए ।

प्रधानमन्त्री ओलीले सबै प्रश्नका जवाफ दिनुभएको छ । अहिलेको सरकार समृद्धि र विकास तथा सुशासनका लागि नै बनेको दाबी गर्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार सैह्य नहुने दोहोर्‍याउनुभयो । देशका विभिन्न क्षेत्रमा समस्या रहेको तर समस्या अहिलेको सरकारले नल्याएको ओलीको भनाइ छ ।

यस्तै प्रधानमन्त्रीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने परम्परा शुरू भएको थियो । त्यसकै निरन्तरता दिँदै आज संसद्मा सांसद–प्रधानमन्त्री प्रश्नोत्तर भएको हो ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया