भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा टुसा पलायो
पुस २१, २०८१ आइतबार
काठमाण्डौ – लुम्बिनी प्रदेश सरकारले कार्यविधिकै कारण सीप परिक्षणसम्बन्धी तालिम सञ्चालन हुन नसकेपछि कार्यविधिमा संशोधन गरेको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सीप परिक्षणको जटिलता अन्त्य हुने गरि कार्यविधि संशोधन गर्नुभएको हो ।
सीप परिक्षण तालिम सञ्चालन गर्ने र नागरिकलाई उद्यमसँग जोड्ने सरकारको लक्ष्य अनुसार प्रदेशको उद्योग मन्त्रालयले कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाएको थियो । तर तत्कालीन सरकारले बनाएको कार्यविधिकै कारण नागरिकलाई उद्यमसँग जोड्ने कार्यक्रम गएको वर्ष उपलब्धिमूलक बन्न नसक्दा विनियोजन भएको धेरैजसो रकम फ्रिज भएको थियो ।
सीप परिक्षण कार्यक्रम सञ्चालनका लागि सीटीईभीटीका दोस्रो श्रेणी (डिप्लोमा तह) का प्रशिक्षकहरु आवश्यक पर्ने कार्यविधिमा उल्लेख गरिएको थियो । तर दोस्रो श्रेणीका प्रशिक्षकहरु प्रदेशमा उपलब्ध हुन सकेनन् । प्रशिक्षक नै उपलब्ध हुन नसक्दा कार्यक्रम प्रभावकारी बन्न नसकेको हो ।
गएको वर्ष लुम्बिनी प्रदेशमा ३० भन्दा धेरै कार्यक्रम सञ्चालन गर्ने योजना थियो । तर जटिल कार्यविधिकै कारण कतिपय कार्यक्रम चल्न सकेनन् । कार्यक्रम सञ्चालनमा सहजता ल्याउन दोस्रो श्रेणीका प्रशिक्षक अनिवार्य नहुने गरी उद्योग मन्त्रालयले हटाएको छ । कार्यविधि संशोधनपछि अब कार्यक्रम सहजरुपमा सञ्चालन हुने अपेक्षा गरिएको मन्त्री न्यौपानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।