अमेरिकी विदेशमन्त्री ब्लिन्केन अर्को हप्ता बेलायत जाने तय

 भदौ २३, २०८१ आइतबार १५:२०:५८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, एजेन्सी

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को हप्ता बेलायत जानु हुने भएको छ । अर्को हप्ताको सोमवार र मङ्गलवारका लागि ब्लिन्केनको भ्रमण तय भएको हो ।

बेलायतको सरकारमा नयाँ नेतृत्व आएसँगै हुन लागेको यो अमेरिकी उच्च अधिकारीको पहिलो भ्रमण हो । विदेशमन्त्री ब्लिन्केनले दुई देशबीचको रणनीतिक वार्तासँगै मध्यपूर्व र युक्रेनलाई सहयोग गर्ने सामूहिक प्रयासबारे छलफल हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

ब्लिन्केनको बेलायत भ्रमणअघि आउँदो शुक्रवार बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले अमेरिकाको भ्रमण गर्दै हुनुहुन्छ ।

बेलायत र अमेरिकाले धेरैजसो विश्वव्यापी मुद्दाहरूमा आपसी सहकार्य गरेका छन् । तर स्टार्मरले पदभार ग्रहण गरेदेखि नै इजरायलमाथि कडा कदम चाल्नुभएको छ । उहाँको सरकारले मानवीय कानूनको उल्लङ्घन गर्न प्रयोग हुन सक्ने जोखिमलाई उद्धृत गर्दै केही हतियार ढुवानी स्थगन गर्ने घोषणा गरेको छ ।

यस्तै बेलायतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पक्राउ गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकारलाई चुनौती दिने पूर्ववर्ती सरकारको योजना पनि रद्द गरेको छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया