युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र बायर्न म्युनिख पराजित

 असोज १७, २०८१ बिहीबार ९:३४:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फ्रेन्च क्लब लिलेसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा लिलेले रियल म्याड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

लिलेको जीतमा जोनाथन डेभिडले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत् गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । लिलेले यस सिजनमा दोस्रो खेलमा पहिलो जीत हासिल गरेको छ । लिलेले २ खेलमा ३ अङ्क हासिल गरेको छ । रियल म्याड्रिडको पनि २ खेलमा ३ अङ्क रहेको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले बायर्न म्युनिखलाई १–० गोलले नै पराजित गर्‍यो । एस्टनको जीतमा जे डुरानले खेलको ७९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जीतपछि दुई खेलमा  अपराजित भिल्ला ६ अङ्कसहित तालिकाको छैठौँ स्थानमा छ । 
 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया