रुपन्देहीको मुझानाबाट १ सय १२ बोरा चिनी बरामद

 कात्तिक २३, २०८१ शुक्रबार १५:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाइ र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो ।

बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भीडले बाटो अवरुद्ध गरी ढुङ्गामुढासमेत प्रहार गरेका थिए । त्यसलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भीडलाई तितरबितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।

भीडले ढुङ्गामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको गाडीमा समेत क्षति पुगेको छ ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया