युद्धविरामको पहिलो चरणमा रिहा हुनुपर्ने आठ जना बन्धकको ज्यान गएको इजरायलको दाबी

 माघ १५, २०८१ मंगलबार ६:२४:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधिमा हमासले रिहा गर्न बाँकी २६ जना बन्धकमध्ये आठ जनाको ज्यान गएको इजरायलले जनाएको छ ।

इजरायलका सरकारी प्रवक्ता डेभीड मेन्सरका अनुसार प्यालेस्टिनी सशस्त्र समूहले बन्धकहरूको अवस्थाको बारेमा दिएको सूचीमा आठ जना बन्धकको ज्यान गएको उल्लेख छ ।

हमासले आठ जनाको हत्या गरेको भन्दै यसबारे उनीहरुका परिवार तथा आफन्तलाई इजरायले जानकारी गराइसकेको बीबीसीले जनाएको छ । यही जनवरी १९ मा युद्धविराम शुरू भएदेखि इजरायली जेलमा रहेका दुई सय ९० भन्दा बढी प्यालेस्टिनी कैदीको बदलामा सात जना महिलालाई हमासले रिहा गरिसकेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार यो हप्ता  हमासले थप ६ जना बन्धकलाई रिहा गर्ने छ । इजरायलले ८७ जना बन्धकहरूमध्ये  ३४ जनाको ज्यान गइसकेको अनुमान गरेको छ । युद्धविराम सम्झौतामा पहिलो चरणमा हमासले ३३ जना बन्धक रिहा गर्ने बताएको छ ।
 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया