१९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोट : युएईले नेपाललाई दियो १ सय २३ रनको लक्ष्य

 कात्तिक २४, २०८१ शनिबार १३:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ– १९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटको तेस्रो खेलमा नेपाललाई घरेलु टोली यूएईले एक सय २३ रनको लक्ष्य दिएको छ । युएईको अजमानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २२ रन बनायो ।

युएईका लागि रनिथा रजिथाले सर्वाधिक ३३ बलमा ४८ रन बनाइन् । नेपालका लागि रिया शर्माले तीन तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान एक विकेट लिए ।

छनोट खेलमा नेपाल र युएईको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा नेपाल र युएईले जीत हासिल गरेका छन् । बुधवारदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले पराजित गर्यो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी १९ वर्ष मुनीको महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनीको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया