दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : सात जनाको ज्यान गयो, छ जना घाइते

 कात्तिक ३०, २०८१ शुक्रबार ७:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् ।

शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज बिहान ४ बजे म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर राउतले बताउनुभयो । उहाँका अनुसार जीपमा अरु यात्रु पनि रहेको हुनसक्ने आशङ्कामा खोजी भइरहेको छ ।

स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ । 
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया