इंग्ल्यान्डका अलराउण्डर रवि बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने

 कात्तिक ३०, २०८१ शुक्रबार १०:४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्ल्यान्डका अलराउण्डर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । उनलाई चितवन राइनोजले अनुबन्ध गरेको हो । चितवनले पाँचौं विदेशी खेलाडीका रुपमा बोपारालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

चितवनले यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्ट डे लाङ्ग, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका अलराउण्डर जान निकोल लेफ्टी इटनलाई अनुबन्ध गरेको थियो ।

३९ वर्षीय बोपाराले इंग्ल्यान्डका लागि तीन वटै फर्म्याटको क्रिकेट खेलेका छन् । साथै आइपीएलसहितका लिग खेलेका छन् ।

चितवनको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन् । एनपीएल क्रिकेटमा आठ वटा टोली छन् । यो प्रतियोगिता आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म हुँदैछ ।
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया