सामान्य कार्य सम्पादनबाट राजश्वको लक्ष्य भेट्न सम्भव छैन : अर्थमन्त्री पौडेल

 मंसिर १, २०८१ शनिबार १५:२९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य कार्य सम्पादनबाट राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताउनुभएको छ ।

काठमाण्डाैमा आयोजित राष्ट्रिय कर दिवस–२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक सङ्गठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि काम गर्न आग्रह गर्नुभयो । उहाँले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताउनुभयो ।

सूचना प्रविधिको प्रयोगमा बिस्तार एवम् त्यसको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत कम हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशिल हुनका लागि कर प्रशासनलाई निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री पौडेलले सङ्कलन गरिने करको सही सदुपयोगबाट मात्रै देशको समृद्धिको आधार तयार हुनसक्ने बताउनुभयो । संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए पनि त्यो अनुपातमा राजश्व सङ्कलन बढ्न नसकेको उहाँले बताउनुभयो । उहाँले वक्यौता असुली, बेरुजु फस्र्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति गएको वर्षकोभन्दासन्तोषजनक नरहेको बताउनुभयो ।

कर प्रणालीको सार, लगानीको आधार भन्ने नाराका साथ राष्ट्रिय कर दिवस–२०८१ मनाइएको हो ।  

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया