सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – पाकिस्तानसँगको दोश्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया १३ रनले विजयी भएको छ । योसँगै अस्ट्रेलियाले तीन खेलको शृङ्खला २–० ले जितेको छ । अस्ट्रेलियाले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर चार बलमा एक सय ३४ रनमा अलआउट भयो ।
पाकिस्तानका उसमान खानले सर्वाधिक ५२ रन बनाए । यस्तै इरफान खानले अविजित ३७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । अस्ट्रेलियाका स्पेन्सर जोनसनले पाँच विकेट लिए । यस्तै एडम जम्पाले दुई विकेट लिए ।
यसअघि घरेलु मैदान सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ओपनर ब्याटर मेथ्यु सर्टले सर्वाधिक ३२ रन बनाए । पाकिस्तानका हरिस रउफले चार विकेट लिए । यस्तै अब्बास अफ्रिदीले तीन र सुफियान मुकीमले दुई विकेट लिए ।
अस्ट्रेलिया र पाकिस्तानबीचको टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो सोमवार हुनेछ । यसअघि भएको पहिलो टी–२० शृङ्खलाम अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हराएको थियो । टी–२० शृङ्खलाअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाकिस्तानले २–१ ले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।