इजरायली प्रधानमन्त्री नेतान्याहूको घरमा आक्रमण

 मंसिर २, २०८१ आइतबार १२:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा आक्रमण भएको छ । नेतान्याहूको घरलाई लक्षित गर्दै प्रहार भएको आगोको गोला आँगनमा खसेको इजरायली अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

आक्रमण हुँदा नेतान्याहूसहित उहाँको परिवारका कोही पनि सदस्य घरमा नभएकाले घटनाबाट क्षती पनि नभएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ । आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन ।

यसअघि अक्टोबर १९ तारिखमा हिजबुल्लाहले नेतान्याहूको घरमा ड्रोन आक्रमण गरेको थियो । त्यसबोला नेतान्याहू र उहाँकी पत्नी घरमै भए पनि कुनै क्षती भएको थिएन । इजरायली रक्षा मन्त्री काट्जले सामाजिक सञ्जालमा लेख्दै आक्रमणबारे अनुसन्धान गर्न निर्देशन दिएको बताउनुभएको छ ।

इजरायलको सुरक्षा प्रणालीले लामो दूरीका मिसाइल निष्क्रिय बनाउन सके पनि छोटो दुरीका आक्रमणलाई रोक्न सकिरहेको छैन । नेतान्याहूको घरमा भएका दुवै आक्रमण छोटो दुरीबाट कम उचाइ हुँदै गरिएका रोयटर्सले जनाएको छ । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया