ललितपुरकाे चुनिखेल र नख्खु करिडोरका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण

 मंसिर २, २०८१ आइतबार १५:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुर महानगरपालिकाले चुनिखेल र नख्खु करिडोरका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वडा नम्बर २२ चुनिखेल, नख्खु करिडोरमा सुँगर/बङ्गुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको महानगरले जनाएको छ ।

गएको कात्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट सङ्क्रमण पुष्टि भएकोले राेग फैलिन नदिनका लागि उच्च सतर्कता अपनाउन किसान/व्यवसायीलाई महानगरको पशु सेवा शाखाले अनुरोध गरेको छ ।

फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर, फर्मालिन लगायतका निःसङ्क्रमणका औषधिहरू प्रयोग गरी निःसङ्क्रमण गर्न र रोगको शङ्का लागेका पशुहरूलाई बथानबाट अलग्गै राख्न महानगरले अनुरोध गरेको छ ।

यस्तै मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न तथा जलाउन, घरपालुवा सुँगुर/बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिन, अनिवार्य रूपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुँगुर/बङ्गुर वा मासुको ओसारप्रसार गर्न/गराउन र सुँगुर/बङ्गुर तथा बँदेललाई होटेल/रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउन ललितपुर महानगरपालिकाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया