फाल्गुनन्द गोल्डकप :पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र फिदिम...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – सञ्चालनमा आएको दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रिएको छ । लिफ्ट बिग्रिएपछि सर्वसाधारणलाई धरहरा चढाउने काम बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
केही दिनअघिदेखि सर्वसाधारणलाई धरहरा चढ्न रोक लगाइएको र लिफ्ट मर्मतको काम भइरहेको विभागले जानकारी दिएको छ । एकैपटक धेरै मानिस चढ्दा लिफ्ट बिग्रिएको हुन सक्ने विभागको भनाइ छ । अब लिफ्ट मर्मत गरे पनि केही समय सर्वसाधारणलाई चढ्न रोक लगाउने तयारी छ ।
गएको असोज ३ गते सर्वसाधारणका लागि पनि धरहरा खुला भएको थियो । २०७२ सालको भूकम्पमा ढलेको धरहराको काम ४० प्रतिशत मात्रै सकिएको बेला २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । यद्यपि धरहरा पुनर्निर्माणको काम अझै सकिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।