सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – रुकुम पूर्वमा सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षमा एमाले र कांग्रेसले गठबन्धन गरेका हुन् ।
सहमतिअनुसार नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाट एमालेकी केशकुमारी तुलाचनले उम्मेदवारी दिनुभएको छ । वडा नम्बर २ मा भने सूर्य चिह्नबाट कांग्रेसका जीवन रोका वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । पुथा उत्तरगङ्गाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले नरपुरा बुढा पुनलाई उम्मेदवार बनाएको छ ।
गएको चुनावमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।