तनहुँमा यस वर्ष ५० करोड रुपैयाँको सुन्तला बिक्री हुने अनुमान

 मंसिर ३, २०८१ सोमबार १२:१२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तनहुँका किसानले गएको आर्थिक वर्ष झन्डै ४० करोड रुपैयाँको सुन्तला बिक्री गरेका छन् । ११ हजार पाँच सय १८ मेट्रिक टन सुन्तला उत्पादन हुँदा झन्डै ४० करोड रुपैयाँ आम्दानी भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

यस वर्ष क्षेत्रफलमा वृद्धि हुँदा उत्पादन बढ्ने र मूल्य पनि वृद्धि हुँदा झन्डै ५० करोड रुपैयाँ आम्दानी गर्ने सम्भावना रहेको केन्द्रका सूचना अधिकारी किरण परियारले बताउनुभयो । केन्द्रले सुन्तला खेती गर्ने किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । किसानलाई प्रोत्साहन गर्न बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइने गरेको सूचना अधिकारी परियारले बताउनुभयो ।

तनहुँमा किसानले आफ्ना बगैँचा बनाउनुका साथै आठ वटा ब्लकमा पनि खेती भइरहेको छ । ब्लक बन्नका लागि न्यूनतम ७० हेक्टर क्षेत्रफल हुनुपर्ने व्यवस्था छ ।

तनहुँमा उत्पादित धेरैजसो सुन्तला काठमाण्डौमा बिक्री हुन्छ । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया