सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – वैकुण्ठ अर्यालले मुख्यसचिव पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. वैकुण्ठ अर्यालले आज पदबाट राजीनामा दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
गएको कात्तिक १४ गते भ्रष्टाचारको मुद्दामा अदालतबाट सफाइ पाएपछि अर्याल हिजो मात्रै राष्ट्रिय योजना आयोगमा हाजिर हुनुभएको थियो । तर आज उहाँले राजीनामा दिनुभएको हो । अब उहाँको राजीनामा स्वीकृत गर्ने/नगर्ने मन्त्रीपरिषद्ले निर्णय गर्नेछ ।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गएको असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मन्त्रिपरिषद् बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै सरुवा गरेको थियो । मुद्दा चल्दै गर्दा उहाँको पद निलम्बनमा थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।