'एनपीएल' विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुस ७, २०८१ आइतबार
हङकङमा लोकतन्त्र पक्षधर ४५ जना नेता–कार्यकर्तालाई ४ देखि १० वर्षसम्मको जेल सजाय भएको छ । हङकङको एक अदालतले चिनियाँ क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय सुरक्षा मुद्दामा उनीहरूलाई आज सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।
अभियोजकहरूले यो समूहले सरकारलाई पल्टाउने योजना बनाएको आरोप लगाएका थिए । झन्झटिलो कानूनी व्यवस्था र कोभिड–१९ को प्रभावका काम अघि नबढ्दाका कारण यसअघि पक्राउ परेकाहरूलाई सन् २०२१ देखि हिरासतमा राखिएको थियो ।
सन् २०१९ मा हङकङको सरकार विरोधी प्रदर्शनमा प्रमुख भूमिका खेल्ने कानूनी विद्वान् बेन्नी ताईलाई सबैभन्दा लामो १० वर्षको सजाय सुनाइएको छ । ताई र अन्य ४४ जना यसअघि विधायिकाका लागि लोकतन्त्र समर्थक उम्मेदवारहरू छनोट गर्न आधिकारिक प्राथमिक चुनाव आयोजना गर्ने सम्बन्धमा दोषी ठहर भएका थिए ।
४७ प्रतिवादीमध्ये ३१ जनाले आफ्नो दोष स्वीकार गरिसकेका खबरमा उल्लेख छ । केहीले सफाइ पाएका छन् भने केहीलाई आरोप प्रमाणित भएपछि जेल सजाय सुनाइएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।