तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय ...
फागुन २७, २०८१ मंगलबार
उत्तर–पश्चिम पाकिस्तानमा भएको आक्रमणमा परी आठ जना सैनिकको ज्यान गएको छ । आक्रमणमा आठ जना सैनिकको ज्यान जानुका साथै सात जना प्रहरी अपहरणमा परेका प्रहरी तथा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा नौ जना आतङ्कवादी पनि मारिएका छन् । पाकिस्तानी तालिबान (टीटीपी) ले यो घटनाको जिम्मेवारी लिएको खबरमा उल्लेख छ । अधिकारीका अनुसार आक्रमणकारीहरूले अधिकारीहरूका हातहतियार पनि जफत गरेका छन् ।
अफगानिस्तानसँगको सिमानामा पाकिस्तानी तालिबानको आक्रमण बढिरहेको छ । तालिबान समूहले अक्टोबर २५ मा १० जना प्रहरी अधिकारीको हत्या गरेको थियो ।
यसअघि प्रान्तीय राजधानीको रेल स्टेशनमा यही समूहले गरेको बम विस्फोटमा १४ जना सैनिकसहित २६ जनाको ज्यान गएको थियो भने एक हप्तापछि शनिवार पाकिस्तानको दक्षिण–पश्चिम बलुचिस्तान प्रान्तमा उनीहरूले सात जना सैनिकको हत्या गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।