रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – अर्जेन्टिना फिफा विश्वकप सन् २०२६ का लागि छनोट भएको छ । आज बिहान घरेलु मैदान ब्यूनर्स आयर्समा भएको छनोट खेलमा पेरुलाई एक गोलले हराउँदै अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको हो ।
लिओनल मेस्सीको कप्तानीमा रहेको साविक विजेता टोली अर्जेन्टिनाको १२ खेलमा २५ अङ्क भएको छ । दक्षिण अमेरिकाबाट विश्वकपमा ६ देशले स्थान बनाउने छन् । त्यसअनुसार अर्जेन्टिना कम्तीमा छैटौं स्थानका लागि सुरक्षित भएको छ । घरेलु मैदानमा उसका लौटरो मार्टिनेजले खेलको ५५ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
यस्तै चीनलाई हराउँदै जापान विश्वकप छनोट नजिक पुगेको छ । एशियाली छनोट अन्र्तगत आज बिहान चीनको सिमेनमा भएको खेलमा जापानले चीनलाई ३–१ गोलले हरायो । जापान समूह ‘सी’ मा छ खेलमा १६ अङ्कका साथ पहिलो स्थानमा छ ।
समूह ‘सी’ को इन्डोनेसियाले साउदीलाई २–० गोलले हरायो । यस्तै इरानले किर्गिस्तानलाई ३–२ गोलले हराएको छ । इरान समूह ‘ए’ मा छ खेलमा १६ अङ्कसहित शीर्षमा स्थानमा छ । समूह ‘बी’ मा शीर्ष टोली दक्षिण कोरियाको छ खेलबाट १४ अङ्क छ । दक्षिण कोरियाले प्यालेस्टाइनसँग १–१ को बराबरी खेलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।