रवि लामिछानेको मुद्दाको विषयबारे संसद सचिवालयमा कास्की प्रहर...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घको संयोजनमा यही मङ्सिर ११ देखि १५ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताका खेलहरू लैनचौर टेबल टेनिस हलमा हुनेछ । प्रतियोगितामा ११ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार सय ५० जना खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । विजेता खेलाडीहरूका लागि नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खेलकुदप्रेमी सुमन खड्गीले प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् । यससम्बन्धी सम्झौतापत्रमा आजै खड्गी र आयोजक स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्यले हस्ताक्षर गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।