सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – धरहरा चढ्नका लागि मूल्य निर्धारण गरिएको छ । सरकारले मंसिर ९ गतेदेखि सःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्नका लागि नागरिकले दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अहिलेलाई नागरिकका लागि दुई सय रुपैयाँ शुल्क लिइएर धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।
सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क नेपाली नागरिकलाई दुई सय, सार्क देशका नागरिकलाई पाँच सय र सार्क देश बाहेक अन्य देशका नागरिकलाई एक हजार रुपैयाँ तोकिएको छ । धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णयसमेत भएको छ । दश वर्षमुनिका बालबालिका शुल्न नलाग्ने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।