डिजिटल लाइसेन्सको नियमनका लागि ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई ५१ थान मोबाइल फोन हस्तान्तरण

 मंसिर ९, २०८१ आइतबार १५:१५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डिजिटल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नियमनका लागि डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई ई–सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईआ) जगदीश खड्काले मोबाइल फोन हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा आईजीपी कुँवरले हस्तान्तरण भएका स्रोत साधन डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताउनुभयो । यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

यस्तै ई–सेवाका सीईओ खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसात् गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताउनुभयो । आउँदा दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया