भारतले अस्ट्रेलियालाई दियाे ५ सय ३४ रनकाे लक्ष्य, टेस्ट क्रिकेटमा काेहलीकाे ३०औं शतक

 मंसिर ९, २०८१ आइतबार १६:०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – पहिलो टेस्ट क्रिकेटमा भारतले घरेलु टाेली अस्ट्रेलियालाई ५ सय ३४ रनको लक्ष्य दिएको छ ।

खेलको तेस्रो दिनको चिया समयपछि भारतले ६ विकेट गुमाउँदै ४ सय ८७ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको हो । दोस्रो पारीमा भारतका यशस्वी जयसवाल र विराट कोहलीले शतक बनाए । जयसवाल १ सय ६१ रनमा आउट हुँदा कोहली सय रनमा नटआउट रहे । काेहलीले टेस्ट क्रिकेटमा ३०‍औं शतक प्रहार गरे । यस्तै केएल राहुलले ७७ रन बनाए । अस्ट्रेलियाका नायन लायनले २ विकेट लिए ।

भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले तेस्रो दिनको खेल सकिँदा ३ विकेट गुमाएर १२ रन बनाएको छ । अस्ट्रेलियाका मार्नस लाबुशेन ३, कप्तान प्याट कमिन्स २ रन बनाएर आउट हुँदा नाथन म्याकस्वीनी शून्यमै आउट भए । भारतका कप्तान जसप्रीत बुमराहले २ र माेहम्मद सिराजले १ विकेट लिए ।

यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ४ विकेट लिए ।

यस्तै अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमा अलआउट भएको थियो । खेलको दोस्रो दिनको खाना समयअघि घरेलु टोली अस्ट्रेलिया १ सय ४ रनमै समेटिएको हो । अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिए ।

बोर्डर गभास्कर ट्रफी अन्तर्गत भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेस्ट शृङ्खला भइरहेको हो । यो शृङ्खलाले विश्व टेस्ट च्याम्पियनशिपको फाइनल पुग्ने सम्भावित टोलीको निर्णय गर्नेछ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया