धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, चलखेल भएको माओवादीको आरोप

 मंसिर ११, २०८१ मंगलबार ६:१६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा रहेको सिफारिस समितिले अस्ति सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिश गरेको थियो । श्रेष्ठ पेट्रोल पम्प व्यवसायी हुनुहुन्छ । उहाँ यअसघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य पनि हुनुहुन्थ्यो ।

गएको वर्ष रमेशकुमार हमालको पदावधि सकिएपछि रिक्त रहेको पदमा पदपूर्ति नहुँदा शेयर निस्कासनको अनुमति तथा दीर्घकालिन योजानाका काम प्रभावित हुँदै आएका छन् । धितोपत्र बोर्डको अध्यक्ष निकै शक्तिशाली मानिन्छ । यसमा करोड मात्रै नभई अर्बौँ रुपैयाँको खेल भएको माओवादी केन्द्रले आरोप लगाउँदै आएको छ ।

माओवादीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले त धितोपत्र बोर्डकै अध्यक्ष नियुक्तीलाई लिएर सरकार ढालेको आरोपसमेत लगाउँदै आउनुभएको छ । उहाँले एउटा शक्तिशाली समूहले सरकारका नियामकीय निकाय कब्जा गरेको र अब छिट्टै राष्ट्र बैंकको गभर्नरमा पनि त्यही समूहकै सदस्य नियुक्ती हुने जिकिर गर्नुभएको छ । 
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया